दफा ६०
चिट्ठीको डेलिभरीमा बाधा दिएमा सजाय
: कुनै व्यक्तिले अरु व्यक्तिलाई हानी पुर्याउने खास बदनियतले सो व्यक्तिलाई डेलिभरी हुनुपर्ने कुनै चिट्ठी खोलेमा वा खोलाएमा वा डेलिभरी गर्ने काममा कुनै तवरले बाधा पुर्याउने काम गरेमा निजलाई  एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
तर ठेगानावाला नावालिग रहेछ वा अरु व्यक्तिको संरक्षणमा बसेको रहेछ भने त्यस्तो ठेगानावालाको बाबु, आमा वा संरक्षकले उपरोक्त कुनै काम कुरा गरेकोमा यो दफा लागू हुने छैन ।